काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको लचभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कोषले प्रस्तावित लाभांश पारित गर्न असार १८ गते २६ औं वार्षिक साधरण सभा डाकेको छ । सभा प्रयोजनाका लागि कोषले असार ८ गते बुकक्लोज तोकेको छ । तसर्थ आजसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
कोषले गत आवको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।