२ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बजारको तरलता सन्तुलनको लागि भन्दै राष्ट्र बैंकले ९१ दिने ट्रेजरी बिल जारी गरेको हो। ट्रेजरी बिल २०७६ मंसिर ३ गते परिपक्क हुनेछ।

 

सोमबार दिउँसो ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ। ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था तथा संगठित संस्था सहभागी हुन सक्नेछन्। राष्ट्र बैंकले यसअघि पनि गत साउन २७ मा १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो।

 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउने अल्पकालीन औजार हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्छ।

माछापुच्छ्रे बैंकको एकैसाथ ९ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा Read Previous

माछापुच्छ्रे बैंकको एकैसाथ ९ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

वाणिज्य बैंकहरुको  वितरण योग्य नाफा साढे ४५ अर्ब, कुनको लाभांश क्षमता कति (सूची सहित) Read Next

वाणिज्य बैंकहरुको वितरण योग्य नाफा साढे ४५ अर्ब, कुनको लाभांश क्षमता कति (सूची सहित)