माछापुच्छ्रे बैंकको एकैसाथ ९ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकैसाथ देशका विभिन्न स्थानमा ९ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

 

बैंकले महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको वडा नं. ११ को खयरमारा, धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. ६ को सिङ्गयाही मडान, शहिदनगर नगरपालिका वडा नं. ३ को यदुकोहा र लक्ष्मीनिया नगरपालिका वडा नं. ७ को लक्ष्मीनियामा शाखारहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

 

यस्तै बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ६ को भोक्राहा, कर्जन्हा नगरपालिका वडा नं. २ को बन्दिपुर, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. २ को जुडिवेला, वडा नं. ३ को गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका वडा नं. ५ को सेतीदोभानमा थप शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

 

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

 

यी ९ वटा शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै माछापुच्छ्रे  बैंक लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा संख्या १२१ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

 

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।

 

बैंकले देशभरबाट १३६ वटा शाखा र १२१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहक बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ । यस्तै बैंकले देशभरका १५३ वटा एटीएममार्फत ग्राहक सेवा प्रदान गरिरहेको छ ।

९ करोड चुक्ता पूँजी भएको कम्पनीको नाफा १ अर्ब ६ करोड Read Previous

९ करोड चुक्ता पूँजी भएको कम्पनीको नाफा १ अर्ब ६ करोड

२ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक Read Next

२ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक