९ करोड चुक्ता पूँजी भएको कम्पनीको नाफा १ अर्ब ६ करोड

काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनीहरुमध्येमा सबैभन्दा धेरै सेयर मूल्य रहेको उत्पादनमूलक कम्पनी युनिलिभर नेपालको नाफा ६.७४% ले बढेको छ ।

 

युनिलिभरले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६ करोड ७४ लाखले बढी हो । युनिलिभरले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ९९ करोड ९२ लाख रुपैयाँ रहेको खुद कमाएको थियो ।

 

कम्पनीका उत्पादन तथा बिक्री गत वर्षको तुलनामा १८.१९% ले बढेर ५ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यसले ४ अर्ब ८६ करोड ८४ लाख रुपैयाँको उत्पादनहरु बिक्री गरेको थियो । समीक्षा अवधिमा कम्पनीको व्यापार १८.१९% ले फस्टाएको हो।

 

अन्य स्रोतहरुबाट पनि युनिलिभरले ५१ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोष (रिटेन्ड अर्निङ) मा २ अर्ब २३ करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष युनिलिभरको रिजर्भमा १ अर्ब ८१ करोड १४ लाख रुपैयाँ थियो ।

 

चुक्ता पूँजी ९ करोड २१ लाख रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब २३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आवको यसै अवधिमा कम्पनीको जगेडा कोषको आकार १ अर्ब ८१ करोड १४ लाख सञ्चित थियो।

 

नाफामा वृद्धि भएसँगै प्रतिसेयर आम्दानीमा पनि ७३ रुपैयाँले बढेर ११५८.०९रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिसेयर आम्दानी १०८४.९१ रुपैयाँ रहेको थियो। प्रतिसेयर नेटवर्थ ४५९ रुपैयाँले बढेर २ हजार ५२६ रुपैयाँ पुगेको छ ।

 

हाल युनिलिभरको दोस्रो बजारमा प्रतिकित्ता सेयर मूल्य १९ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा आगलागी Read Previous

राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

माछापुच्छ्रे बैंकको एकैसाथ ९ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा Read Next

माछापुच्छ्रे बैंकको एकैसाथ ९ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा