राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ ।

 

बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

 

दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको छ ।

 

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । विद्युत् सर्ट भएर आगलागी भएको र महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर सुरक्षित रहेको जनाइएको छ ।

केन्द्रीय बैंकहरुका कारण सुनको मूल्य उच्च, अझै बढ्न सक्ने Read Previous

केन्द्रीय बैंकहरुका कारण सुनको मूल्य उच्च, अझै बढ्न सक्ने

९ करोड चुक्ता पूँजी भएको कम्पनीको नाफा १ अर्ब ६ करोड Read Next

९ करोड चुक्ता पूँजी भएको कम्पनीको नाफा १ अर्ब ६ करोड