कहिलेदेख खुल्छ सवारी लाइसेन्सको ट्रायल ? यस्तो छ तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेबाट लाइसेन्सको लिखित र ट्रायल परीक्षा लिने गरी तयारी शुरु गरेको छ । अहिले जारी भएको निषेधाज्ञा असार अन्तिमसम्ममा खुल्ने अनुमान सहित साउन १ गतेबाट परिक्षा संचालन गर्ने तयारी गरेको हो ।

 

लामो निषेधाज्ञाले गर्दा यसअघि अनलाइन फारम भरेका र ट्रायल दिने तयारी गरेर बसेका सेवाग्राहीले पनि आफ्नो परीक्षा दिन आएका छैनन् ।

 

‘निषेधाज्ञा खुल्ला भएसँगै लाइसेन्स परिक्षा संचालनको तयारी गरेका छौं । त्यसको लागि कस्तो अवस्था आउँछ त्यो हेर्नु बाहेक अर्को विकल्प छैन’, विभागका महानिर्देशक नमराज घिमिरेले भने ।

 

विभागले त्यसको अलावा साउन १ गतेबाट नै सात वटै प्रदेशसँगको सहकार्यमा भीआरएस लागू गर्ने पनि तयारी गरेको महानिर्देशक घिमिरेले जानकारी दिए ।

 

विभागले सवारी चालक अनुमति पत्र सम्बन्धी नयाँ निर्देशिका तयार गरिसकेकाले अब हुने लाइसेन्सको परिक्षामा विद्यार्थीले १०० पूर्णाङ्कमा ७० अंक ल्याउन सके पास हुने व्यवस्था गरेको छ ।नयाँ निर्देशिका अनुसार परिक्षा र ट्रायल दिने धेरै विद्यार्थी उत्तिर्ण हुने विभागले विश्वास लिएको छ ।

 

७५ जिल्लामा निषेधाज्ञा कायमै, कुन जिल्लामा कहिलेसम्म ? (सूचीसहित) Read Previous

७५ जिल्लामा निषेधाज्ञा कायमै, कुन जिल्लामा कहिलेसम्म ? (सूचीसहित)

बाढीले ४ जलविद्युत् आयोजनामा क्षति, १ अर्ब बढीको नोक्सानी Read Next

बाढीले ४ जलविद्युत् आयोजनामा क्षति, १ अर्ब बढीको नोक्सानी