काठमाडौं । हाल देशका ७५ जिल्लामा निषेधाज्ञा जारी छ । अधिकांश जिल्लाले वैशाख तेस्रो सातादेखि जारी गरेको निषेधाज्ञा अझै कायमै राखिएको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकाका ३ सहित अधिकांश जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
गृह मन्त्रालयका अनुसार हाल अधिकांश जिल्लामा यही असार ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र संखुवासभामा असार ८, पर्सामा असार ६, गोरखामा असार ५, रामेछापमा असार ९ गतेसम्म निषेधाज्ञा आदेश दिइएको छ ।
यस्तै, सुर्खेत, चितवन, सल्यान, रुकुम पश्चिम, प्युठान, दैलेख, डोटी, रोल्पा, मुगु, हुम्ला र रुकुम पूर्वमा असार १० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । पछिल्लो समय निषेधाज्ञा केही खुकुलो बनाउँदै लगिएको छ ।
कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा ?