यथाशिघ्र आन्तरिक उडान खुला गर्न वायुसेवा संचालकको माग

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीहरुले यथाशिघ्र आन्तरिक उडान संचालन गर्न माग गरेका छन् ।

 

निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपालले एक विज्ञप्ति जारी गर्दै आन्तरिक उडान संचालन गर्न माग गरेको हो ।

 

कोरोनाका बीच विश्वभर हवाइ सेवा संचालनमा रहेकाले आवश्यक सुरक्षा मापदण्ड अपनाई यथाशिघ्र उडान खुलाउन माग गरेको हो ।

 

पछिल्लो समय संक्रमण घट्दै गएकाले निषेधाज्ञा समेत खुकुलो बनाउँदै लगिएको र उद्योग, कलकारखाना लगायत संचालन गर्न दिइसकेको भन्दै संघले आन्तरिक उडान पनि खुला गर्न माग गरेको हो ।

 

सरकारले कोरोना संक्रमण बढेको भन्दै वैशाख १६ गतेदेखि आन्तरिक तथा बाह्य उडानमा रोक लगाएको थियो । चीन, टर्की लगायत देशमा नियमित अन्तर्राष्ट्रिय उडान समेत खुला भइसकेको छ ।

मंगल ग्रहमा बस्ती बसाउन आफ्नो घर बेच्दै टेस्लाका मालिक एलन मस्क Read Previous

मंगल ग्रहमा बस्ती बसाउन आफ्नो घर बेच्दै टेस्लाका मालिक एलन मस्क

सेयर बजारमा झिनो करेक्शन, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल Read Next

सेयर बजारमा झिनो करेक्शन, यी ५ कम्पनीका लगानीकर्ता भने मालामाल