आइएमई लाइफ इन्स्योरेन्स तेस्रो वर्षमा प्रवेश

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स विधिवत व्यवसायिक कारोवार सञ्चालन भएको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।

 

उक्त कार्यक्रममा सम्बोधन गर्दै कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले  प्रतिस्पर्धात्मक  उपस्थिति जनाएको बताएका छन् ।

 

चालु आर्थिक वर्षमा थप शाखा विस्तार गरी बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने जानकारी गराए ।

 

कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रियाहरु पूरा गरी सर्वसाधारणका लागि शेयर जारी गर्ने बताए ।

 

उनले आर्थिक पहुँच र वित्तीय साक्षरता बढाउने काममा कम्पनीले सहयोग गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

 

 

सोहि अवसरमा कम्पनीले विभिन्न संघ संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै नयाँ जीवन बीमालेख “आइएमई सामूहिक सावधिक बोनस सहितको जीबन बीमा योजना” सार्वजनिक गरेको छ ।

 

 

सञ्चालनमा आएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशमा ८५ शाखा कार्यालयबाट बीमा सेवा प्रदान गर्दैै आएको छ ।

 

कम्पनीले चालू वर्षमा थप शाखा/उपशाखाहरु विस्तार गरी बीमाको पहुँच विस्तार गरिने जनाएको छ । कम्पनीले गत वर्ष ९१ करोड रुपैयाँ बीमा शूल्क संकलन गरेको छ ।

पूर्वाधार सम्मेलनको पूर्व तयारीको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न Read Previous

पूर्वाधार सम्मेलनको पूर्व तयारीको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

केन्द्रीय बैंकहरुका कारण सुनको मूल्य उच्च, अझै बढ्न सक्ने Read Next

केन्द्रीय बैंकहरुका कारण सुनको मूल्य उच्च, अझै बढ्न सक्ने