पूर्वाधार सम्मेलनको पूर्व तयारीको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारीको लागि गण्डकी प्रदेशको पोखरामा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

गत शुक्रबार आयोजित कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गरेका थिए ।

 

कार्यक्रममा बोल्दै मन्त्री लम्सालले परिसंघले आयोजना गर्न लागेको तेश्रो पूर्वाधार सम्मेलन एक महत्वपूर्ण कार्यक्रम रहेको र यस्तो कार्यक्रममा प्रदेशलाई त्यहाँका परियोजनाहरु अन्तर्राष्ट्रिय जगतमा प्रदर्शन गर्ने व्यवस्था मिलाउनु अत्यन्त सकारात्मक रहेको बताएका थिए । गण्डकी प्रदेशले त्यहाँ रहेका सम्भावित परियोजनाहरुलाई सम्मेलनमा प्रस्तुत गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

 

यस पटकको पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्व सम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गरि त्यहाँको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ । त्यसरी गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी कार्यक्रम तय गरेको परिसंघले जनाएको छ ।

 

सञ्चालनको ६ महिनापछि इन्फ्रास्ट्रक्चर बैंकले गर्‍यो पहिलो परियोजनामा लगानी सम्झौता Read Previous

सञ्चालनको ६ महिनापछि इन्फ्रास्ट्रक्चर बैंकले गर्‍यो पहिलो परियोजनामा लगानी सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स तेस्रो वर्षमा प्रवेश Read Next

आइएमई लाइफ इन्स्योरेन्स तेस्रो वर्षमा प्रवेश