सञ्चालनको ६ महिनापछि इन्फ्रास्ट्रक्चर बैंकले गर्‍यो पहिलो परियोजनामा लगानी सम्झौता

काठमाडौं । ठूला र पूर्वाधार लगानीका क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यले स्थापना भएको नेपाल इन्फास्ट्रक्चर बैंकले सञ्चालनको ६ महिनापछि लगानीको शुरुवात गरेको छ ।

 

गत फागुनदेखि सञ्चालनमा आएको बैंकले आफ्नो पहिलो परियोजनाका रुपमा करुवा सेती हाइड्रोपावरमा लगानी गर्ने सम्झौता गरेको छ ।

 

कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा कुल ५ अर्ब ८० करोड रुपैयाँ निमार्ण हुने ३२ मेगावाट उक्त परियोजनामा सहवित्तीयकरण समेत गरी ४ अर्ब ६ करोड लगानी गर्ने सम्झौता गरेको हो ।

 

बैंकले आफ्नो नेतृत्वमा हिमालयन र सानीमा बैंक लिमिटेडको सहवित्तीयकरणमा परियोजनामा संयुक्त रुपमा कर्जा लगानी गर्ने छ ।

 

बैंकमा सरकारको १० प्रतिशत शेयर लगानी छ। बाँकी ९० प्रतिशत निजी क्षेत्रले लगानी गरेको छ। जसमा बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहेको छ।

 

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रहेको छ । सर्बसाधरणलाई ८ अर्बको सेयर जारी गरी चुक्ता पूँजी २० अर्ब पुर्याइने छ।

चालु वर्ष ४० जिल्लामा विद्युत्तीकरण गरिने Read Previous

चालु वर्ष ४० जिल्लामा विद्युत्तीकरण गरिने

पूर्वाधार सम्मेलनको पूर्व तयारीको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न Read Next

पूर्वाधार सम्मेलनको पूर्व तयारीको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न