कोरोना खोप नदिएसम्म ट्यांकर चालकले इन्धन ढुवानी नगर्ने

काठमाडौं । कोरोना विरुद्धको खोपको व्यवस्था नगरेसम्म ट्यांकर चालकहरूले इन्धन ढुवानी नगर्ने भएका छन्।

 

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सरकारले ट्यांकर चालकहरुलाई खोपको व्यवस्था नगरेसम्म इन्धन ओसार–पसार नगर्ने जनाएको हो ।

 

‘कोरोनका कारण केही चालक तथा मजदुरको मृत्यु समेत भइसकेको र धेरै चालक संक्रमित भएका छन्,’ अध्यक्ष ईश्वर लामाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले पटक-पटक खोपको माग गर्दा खोप पाएनौं । अब खोपको व्यवस्था नभएसम्म इन्धन ढुवानी गर्दैनौं ।’

 

खोपको माग गर्दै चालकहरुले आजदेखि थानकोट डिपोबाट तेल ढुवानी गरेका छैनन् । यसअघि, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनले पेट्रोलियम व्यवसायी र कर्मचारीलाई खोपको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको थियो ।

 

सङ्घले अत्यावश्यक सेवालाई पुनः सञ्चालन गर्न अग्रपङ्क्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवसायीले खोप नपाएको जनाउँदै उपलब्ध गराउन आग्रह गरेको हो ।

 

 

असारदेखि कुनै पनि बाहानामा सडक खन्न नपाइने, खने कारबाही हुने Read Previous

असारदेखि कुनै पनि बाहानामा सडक खन्न नपाइने, खने कारबाही हुने

विकास बैंक र हाइड्रो चम्किँदा नेप्सेले बनायो दोेहोरो कीर्तिमान, यी ३७ कम्पनीका लगानीकर्ता मालामाल Read Next

विकास बैंक र हाइड्रो चम्किँदा नेप्सेले बनायो दोेहोरो कीर्तिमान, यी ३७ कम्पनीका लगानीकर्ता मालामाल