काठमाडौं। आगामी असार १ गतेदेखि कुनै पनि बहानामा सडक खन्न नपाइने भएको छ। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले असार १ देखि भदौ मसान्तसम्म कुनै पनि बाहानामा सडक खन्न रोक लगाएको हो ।
कार्यालयले एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा ढल, धारा, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्न नपाइने जनाएको हो।
बर्खामा सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र थप बिग्रदै जाने भएकाले सडक खन्न रोक लगाएको हो । साथै कुनै पनि सडक खन्न स्वीकृति पनि नदिइने कार्यालयले जनाएको छ ।
निर्देशन विपरीत कसैले जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने कार्यालयले जनाएको छ।