असारदेखि कुनै पनि बाहानामा सडक खन्न नपाइने, खने कारबाही हुने

काठमाडौं। आगामी असार १ गतेदेखि कुनै पनि बहानामा सडक खन्न नपाइने भएको छ। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले असार १ देखि भदौ मसान्तसम्म कुनै पनि बाहानामा सडक खन्न रोक लगाएको हो ।

 

कार्यालयले एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा ढल, धारा, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्न नपाइने जनाएको हो।

 

बर्खामा सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र थप बिग्रदै जाने भएकाले सडक खन्न रोक लगाएको हो । साथै कुनै पनि सडक खन्न स्वीकृति पनि नदिइने कार्यालयले जनाएको छ ।

 

निर्देशन विपरीत कसैले जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने कार्यालयले जनाएको छ।

फेक अर्डर राखेर चलखेल गर्नेलाई नेप्सेको अंकुश, टीएमएसबाट ‘एओएन’ सुविधा हटायो Read Previous

फेक अर्डर राखेर चलखेल गर्नेलाई नेप्सेको अंकुश, टीएमएसबाट ‘एओएन’ सुविधा हटायो

कोरोना खोप नदिएसम्म ट्यांकर चालकले इन्धन ढुवानी नगर्ने Read Next

कोरोना खोप नदिएसम्म ट्यांकर चालकले इन्धन ढुवानी नगर्ने