फेक अर्डर राखेर चलखेल गर्नेलाई नेप्सेको अंकुश, टीएमएसबाट ‘एओएन’ सुविधा हटायो

काठमाडौं । नक्कली माग देखाई सेयरमा चलखेल गर्नेलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लगाम लगाएको छ । फेक डिमाण्ड हटाउन नेप्सले अनलाइन सेयर कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा रहेको एओएन (अल अर नन) अप्सन हटाएको हो ।

 

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सेयर बजार सञ्चालक नेप्सेले आजदेखि (जेठ ३० गते ) खरिद आदेशतर्फ उक्त सुविधा हटाएको हो ।यद्यपि, विक्रीतर्फ भने हाल सो व्यवस्था कायमै छ ।

 

स्वार्थ समूहले ठूलो संख्यामा फेक अर्डर देखाउँदै कुनै पनि कम्पनीको सेयर कर्नरिङ गर्दै चलखेल गर्ने क्रम बढेपछि सोको नियन्त्रण गर्न नेप्सले टीएमएसबाट एओन सुविधा हटाएको हो । नेप्सेको यस्तो व्यवस्थाले अब कसैले पनि नक्कली अर्डर राखेर खरिद चाप देखाउन सक्नेछैनन् अर्थात् जति कित्ताका लागि अर्डर गरेको हो सो एकमुष्ट आउने छैन ।

 

उदाहरणका लागि कुनै लगानीकर्ताले ‘ए’ कम्पनीको १० हजार कित्ता सेयर खरिदका लागि अर्डर गरेको छ भने एकमुष्ट नआएर टुक्रटुक्रमा आउने छ । यसअघि एओएन गर्दा १० हजार  कित्ता एकैचोटी आउने नभए १ कित्ता पनि नआउने व्यवस्था थियो । अब भने १० हजार कित्ता अर्डर गर्दा १०/२० जति कित्ता गरेर पनि आउने छ ।

 

स्वार्थ समूहले किन्नका लागि भन्दा पनि अन्य लगानीकर्तालाई आकर्षित गर्न फेक अर्डर राखी खरिद चाप देखाएर सेयरको भाउ बढाउने गर्थे ।

एचआइडीसीएलको सेयरमा किन झुम्मिए लगानीकर्ता, २४ लाख कित्ता माग हुँदा बेच्ने शून्य Read Previous

एचआइडीसीएलको सेयरमा किन झुम्मिए लगानीकर्ता, २४ लाख कित्ता माग हुँदा बेच्ने शून्य

असारदेखि कुनै पनि बाहानामा सडक खन्न नपाइने, खने कारबाही हुने Read Next

असारदेखि कुनै पनि बाहानामा सडक खन्न नपाइने, खने कारबाही हुने