भारतमा पेट्रोलको मूल्य बढेको बढ्यै, प्रतिलिटर १६६ पुग्यो, नेपालमा कस्तो पर्ला असर ?

काठमाडौं । पछिल्लो समय भारतमा लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेको छ । प्रायः दैनिकजसो मूल्यवृद्धि गर्दै आएको भारतले बुधबार पनि पेट्रोल र डिजेलको भाउ बढाएको हो ।

 

बुधबार भारतमा पेट्रोलको मूल्य प्रतिलिटर १०३.७१ भारतीय रुपैयाँ (१६५.९३ नेपाली रुपैयाँ)सम्म पुगेको छ । इन्डियन आयल कर्पोरेशनका अनुसार बुधबार भारतको भोपाल सहरमा पेट्रोलको मूल्य प्रतिलिटर १०३.७१ भारु पुगेको छ ।

 

यस्तै, बुधबार मुम्बइमा पेट्रोलको मूल्य प्रतिलिटर १०१.७६ भारु (१६२.८१ नेपाली रुपैयाँ), जयपुर १०२.१४ भारु पुगेको छ । राजधानी नयाँ दिल्लीमा पनि प्रतिलिटर १०० भारु नजिक पुगेको छ । बुधबार दिल्लीमा पेट्रोल प्रतिलिटर ९५.५६ भारु पुगेको छ भने अन्य अधिकांश सहरमा पनि भारु १०० नजिक पुगेको छ ।

 

सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २६.५८ र डिजेलमा भारु २२.१८ ले वृद्धि गरिसकेका छन् ।

 

अन्तर्राष्ट्रिय बजारमा लगातार कच्चा तेलको मूल्यमा वृद्धि भएसँगै भारतमा पनि लगातार मूल्य वृद्धि भएको हो । हाल भारतले ८५ प्रतितभन्दा बढी पेट्रोलियम पदार्थ अन्तर्राष्ट्रिय बजारबाटै आयात गर्दै आएको छ ।

 

भारतमा लगातार पेट्रोलियम पदार्थ मूल्य वृद्धि भएपछि नेपालमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ । नेपाल आयल निगमले हरेक १५ दिनमा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्य अनुसार नेपालमा पनि भाउ बढाउँदै आएको छ ।

 

निषेधाज्ञा यतामात्रै दुई पटक भाउ बढाइसकेको निगमले भारतबाट महँगोमा आयात गर्नुपर्ने भएपछि आगामी दिनमा पनि भाउ बढाउने नै सम्भावना देखिन्छ ।

यी हुन् निषेधाज्ञामा पनि डेलिभरी गर्न पाउने वस्तुहरू (सूचीसहित) Read Previous

यी हुन् निषेधाज्ञामा पनि डेलिभरी गर्न पाउने वस्तुहरू (सूचीसहित)

एचआइडीसीएलको १०० प्रतिशत हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

एचआइडीसीएलको १०० प्रतिशत हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन