एचआइडीसीएलको १०० प्रतिशत हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि भोलि (जेठ २८ गते) बुक क्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म कायम हुने सेयरधनीले कम्पनीको हकप्रद भर्न पाउनेछन् ।

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड हकप्रद जारी गर्न लागेको हो ।

 

हाल ११ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद पछि चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।

 

कम्पनीको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ।

भारतमा पेट्रोलको मूल्य बढेको बढ्यै, प्रतिलिटर १६६ पुग्यो, नेपालमा कस्तो पर्ला असर ? Read Previous

भारतमा पेट्रोलको मूल्य बढेको बढ्यै, प्रतिलिटर १६६ पुग्यो, नेपालमा कस्तो पर्ला असर ?

स्वास्थ्यमन्त्री तामाङको १४ ठाउँमा जग्गा, २० लाखको सेयर, कहाँ कति छ जग्गा ? (सूचीसहित) Read Next

स्वास्थ्यमन्त्री तामाङको १४ ठाउँमा जग्गा, २० लाखको सेयर, कहाँ कति छ जग्गा ? (सूचीसहित)