काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
सार्वजनिक पदभार ग्रहण गरेको ६० दिन भित्र आफ्नो सम्पत्ति विवरण गर्नु पर्ने व्यवस्था छ । सो अनुसार उनले पदभार सम्हालेको एकहप्तामै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
तामाङको सिन्धुपाल्चोक, काठमाडौं, मोरङ र खोटाङका विभिन्न १४ स्थानमा जग्गा रहेको छ । यस्तै, उनको चलअचल सम्पत्तिमा २२ तोला सुन रहेको छ । त्यसको स्रोत पुर्ख्यौली र खरिद रहेको उनले जनाएका छन् ।यस्तै, उनको विभिन्न बैंकमा ३ लाख २८ हजार रुपैयाँ नगद, विभिन्न कम्पनीको २० लाख रुपैयाँ बराबरको सेयर रहेको जनाएका छन् ।
यसअघि कानुनमन्त्री हुँदा तामाङले ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उशाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका थिए।
तामाङको हाल ३५ लाख ऋण रहेको जनाएका छन् । कानुनमन्त्री छँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा ७० लाख रुपैयाँ ऋण रहेकोका अहिले त्यो घटेर ३५ लाखमा आएको बताएका छन् । हाल उनको कृषि विकास बैंकमा १६ लाख रुपैयाँ ऋण रहेको र अन्यमा १९ लाख ऋण भएको उल्लेख गरेका छन्।
यसैगरी तामाङको नाममा एउटा मोटरसाइकल र उषाकला राईको नाममा एउटा कार रहेको उल्लेख छ। यसैगरी, मन्त्री तामाङले आफूसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप भएको खुलाएका छन्।
यस्तो छ तामाङको सम्पत्ति विवरण :