मेगा बैंकले शुुरु गर्‍यो ऋण अटोमेसन प्रणाली

काठमाडौं । मेगा बैंकले एसबी सोलुशनसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।

 

मेगा बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सोलुशनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

 

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ ।

 

यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । थप रूपमा, बैंकले एसबी सोलुशनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पुर्याउँछ ।

 

मेगा बैंक नेपाल, राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । मेगा बैंकले हालै नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “ख“ वर्गको गण्डकी विकास बैंक लिमिटेडलाई आफ्नो संस्था गाभेको छ । मेगा बैंक लिमिटेडको लगभग ८ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि १८० भन्दा बढि शाखाहरु रहेका छन् ।

 

एसबी सोलुशन प्रा.लि.ले हालसालै डिजी हब प्रा.लि. सँग पनि आफ्नो संस्था गाभेको छ । डिजी हब प्रालि (गैर आवासीय नेपाली) ग्रुप द्वारा पदोन्नति गरिएको संस्था हो । यसले एपीआइएमएस, वान लिंक,क्रेडिट एक्स जस्ता विस्तृत प्रडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन गर्ने र विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरुको विकास गरिरहेको छ ।

३० अर्ब लगानीका फुटवेयर उद्योगहरु संकटमा, ५० प्रतिशतको उत्पादन ठप्प Read Previous

३० अर्ब लगानीका फुटवेयर उद्योगहरु संकटमा, ५० प्रतिशतको उत्पादन ठप्प

मिर्मिरे लघुवित्तले बढायो जारी गर्ने एफपीओको कित्ता, कति कित्ता आउँदै छ ? Read Next

मिर्मिरे लघुवित्तले बढायो जारी गर्ने एफपीओको कित्ता, कति कित्ता आउँदै छ ?