काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरुले धमाधम थप मूल्यमा सेयर (एफपीओ) जारी गर्ने घोषणा गर्न थालेका छन् ।
हालसम्म आधादर्जन बढी लघुवित्तले एफपीओ जारी गर्ने घोषणा गरिसकेका छन् भने केहीले साधरण सभाबाट प्रस्ताव समेत पारित गरिसकेका छन् ।
यसैक्रममा, यसअघि नै एफपीओ जारी गर्ने घोषणा गरेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एपीओको कित्ता परिमार्जन गरेको छ ।
यसअघि ३७ हजार २६० कित्ता एफपीओ जनारी गर्ने घोषणा गरको लघुवित्तले करिब १४ हजार कित्ता थप गरी अब ५१ हजार ३१६ कित्ता एफीओ जारी गर्ने भएको छ ।
लघुवित्तले एफपीओ जारी गर्न यस अघि नै नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई सेयर निष्काशक तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।