निषेधाज्ञाका बीच जेठमा बैंकहरुले गरे २३ अर्ब कर्जा लगानी

काठमाडौं । निषेधाज्ञाका कारण बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाह दुवै प्रभावित भएको छ । महामारीकै बेला समग्र अर्थतन्त्र ठप्प जस्तै भएपछि बैंकहरुको व्यापार पनि सुस्त भएको हो ।

 

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले जेठको तीनसाता (२१ गतेसम्म) २३ अर्ब कर्जा लगानी गरेका छन् । बैंकहरुले जेठको पहिलोसाता ६ अर्ब, दोस्रोसाता ९ अर्ब र तेस्रो साता ८ अर्ब ऋण लगानी गरेका हुन् ।

 

निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको निक्षेप संकलन भने प्रभावित भएको छ। दुईसाताको अवधिमा बैंकहरुले समग्रमा १३ अर्ब मात्र निक्षेप संकलन गरेका छन् । पहिलोसाता ६ अर्ब निक्षेप संकलन गरे पनि दोस्रोसाता ५ अर्ब निक्षेप फिर्ता गरेका छन् भने तेस्रो साता १२ अर्ब निक्षेप संकलन गरेका छन् ।

 

जेठ तेस्रो सातासम्म बैंकको कुल निक्षेप ३९ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी ३६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।

टेलिकमलाई उछिन्दै पुनर्बीमा बन्यो सेयर बजारको सबैभन्दा ठूलो कम्पनी Read Previous

टेलिकमलाई उछिन्दै पुनर्बीमा बन्यो सेयर बजारको सबैभन्दा ठूलो कम्पनी

अब निषेधाज्ञामा पनि इ-कमर्श व्यवसाय संचालन गर्न पाउने, सर्वोच्चले खुलाइ दियो बाटो Read Next

अब निषेधाज्ञामा पनि इ-कमर्श व्यवसाय संचालन गर्न पाउने, सर्वोच्चले खुलाइ दियो बाटो