इन्धनको मूल्य घटेसँगै निगमले घटायो हवाई भाडा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रियतर्फको हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै निगमले चार्टर्ड उडानको भाडा घटाएको हो ।

 

निगमले सोमबारदेखि नै लागू हुने गरी कार्गो चार्टर्ड उडानको भाडादर परिवर्तन गरेको हो । निगमले वाईड बडीको चार्टर्ड दर प्रतिघण्टा २ हजार ६० अमेरिकी डलर घटाएको छ । यसअघि चार्टर्ड दर प्रतिघण्टा १५ हजार ५२० अमेरिकी डलर रहेकोमा घटाएर प्रतिघण्टा १३ हजार ४६० डलरमा झारेको छ ।

 

यस्तै, न्यारो बडी विमानको चार्टर्ड दर १५ प्रतिशतले घटाएर ६ हजार ५८० कायम गरेको छ । यसअघि ७ हजार ७१० अमेरिकी डलर थियो ।

प्राइम बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठद्धारा पदभार ग्रहण Read Previous

प्राइम बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठद्धारा पदभार ग्रहण

फाइनान्स र विकास बैंकको सेयरमा उछाल, यी १६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

फाइनान्स र विकास बैंकको सेयरमा उछाल, यी १६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट