फाइनान्स र विकास बैंकको सेयरमा उछाल, यी १६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा झिनो अंकको करेक्शन आएको छ । हिजो एकै दिन ५० अंकले बढेर हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड बनाएको नेप्सेमा १ अंकभन्दा कमको गिरावट आएको हो ।

 

आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब डेढ अर्बले घटेर पौने १६ अर्बमा सीमित भएको छ ।

 

आज फाइनान्स, विकास बैंक र हाइड्रोपावर समूह चम्किए पनि बैंकिङ समूहमा गिरावट आउँदा नेप्से उकालो लाग्न नसकेको हो ।यसअघि बैंकका सेयरमा झुम्मिएका लगानीकर्ता आज यी ३ समूहमा डाइभर्ट भएका हुन् ।

 

आज सेयर बजार मापक सूचक नेप्से ०.२१ अंकले घटेर २९०६.७० विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँ बराबरको ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ८.२७ प्रतिशतले बढेको छ भने व्यापार समूह २.२१ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २१८ कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोड र नेशनल हाइड्रो कम्पनीको ४३ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

आज १६ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश फाइनान्स कम्पनी रहेका छन् । पोखरा, सेन्टर र आइसीएफसी फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ ।

 

यस्तै, कामना सेवा विकास बैंक, श्री इन्भेष्मेन्ट, गुडविल फाइनान्स, जानकी फाइनान्स, गुह्येश्वरी मर्चेन्ट, गोर्खा फाइनान्स, मञ्जुश्री फाइनान्स, रिडी हाइड्रोपावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, नेशनल हाइड्रो, युनिभर्सल पावर र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

आज लक्ष्मी बैंकका सेयरधनीले सबैभन्दा धेरै ३.५८ प्रतिशत गुमाएका छन् ।

इन्धनको मूल्य घटेसँगै निगमले घटायो हवाई भाडा Read Previous

इन्धनको मूल्य घटेसँगै निगमले घटायो हवाई भाडा

भक्तपुर-धुलिखेल सडक ६ लेनमा विस्तार पुनः थालिँदै, ७ अर्बको टेन्डर प्रक्रियामा Read Next

भक्तपुर-धुलिखेल सडक ६ लेनमा विस्तार पुनः थालिँदै, ७ अर्बको टेन्डर प्रक्रियामा