काठमाडौं । सिद्धार्थ इन्सुरेन्सको नाफा २७.३१% ले घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा २१ करोड ४६ लाख ४६ हजार खुद नाफा कमाएको छ । सिद्धार्थले अघिल्लो वर्षमा २९ करोड ५२ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सिद्धाथको खुद बीमा शुल्क पनि ७.२८% ले घट्दै ८२ करोड १८ लाख आर्जन गरेको छ । अघिल्लो वर्ष सिद्धार्थले ८८ करोड ६३ लाख ७५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
सिद्धार्थले गत वर्ष ५५ करोड ४० लाख १७ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ८७ करोड ६३ लाख ८९ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । यस्तै, बीमा कोषको आकार १९.२३% बढेर ६६ करोड ४६ लाख ४२२ हजार रुपैयाँ पुगेको छ ।
१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थको जगेडा कोषमा १५ करोड ५५ लाख ५४ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी २१.६४ रुपैयाँ रहेको छ । सिद्धार्थको प्रतिसेयर नेटवर्थ भने १८९ .८९ रुपैयाँ रहेको छ ।