आर्थिक वर्षको पहिलो महिनामा ६७ अर्ब राजश्व संकलन, पूँजीगत खर्च ५९ करोड मात्र

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्ष २०७६/७७ को पहिलो महिना साउनमा ६७ अर्ब २१ करोड ३९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार कर शीर्षक अन्तर्गत ६२ अर्ब ३३ करोड ४३ लाख र गैरकर शीर्षक अन्तर्गत ४ अर्ब ८७ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

 

सरकारले आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । सरकारले आर्थिक वर्षको पहिलो महिनामा निर्धारित लक्ष्यको ६.०४ प्रतिशत राजश्व संकलन गरेको छ ।

 

यस्तै, सरकारले आर्थिक वर्षको पहिलो महिनामा कूल ४ अर्ब २० करोड ३५ लाख बजेट खर्च गरेको छ । यो कुल बजेटको ०.२७ प्रतिशत हो । सरकारले चालू वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बजेट विनियोजन गरेको छ ।

 

सरकारले साउनमा चालूगत खर्च अन्तर्गत ३ अर्ब ५० करोड १४ लाख खर्च गरेको छ । यस्तै, पूँजीगत तर्फ ५९ करोड २९ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।यो सरकारले विनियोजन गरेको कूल बजेटको ०.१५ प्रतिशत मात्र हो ।  सरकारले वित्तीय व्यवस्थापनको लागि १० करोड ९१ लाख खर्च गरेको छ ।

सिद्धार्थ इन्सुरेन्सको नाफा २७ प्रतिशतले घट्यो Read Previous

सिद्धार्थ इन्सुरेन्सको नाफा २७ प्रतिशतले घट्यो

विद्युत प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने Read Next

विद्युत प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने