निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । दुईसाता अघि मात्र भाउ बढाएको निगमले निषेधाकै बीच दोस्रोपटक भाउ बढाएको हो ।

 

निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल  र हवाइ इन्धन (आन्तरिक उडानतर्फ)को मूल्य समान प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

 

नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२५ रूपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रूपैयाँ पुगेको छ । हवाइ इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ ।

 

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले मूल्य बढाएर पठाएकोले पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ ।

यस वर्ष मलको अभाव नहुने, ७० हजर टन स्टक, आयातका लागि १२ अर्ब विनियोजन Read Previous

यस वर्ष मलको अभाव नहुने, ७० हजर टन स्टक, आयातका लागि १२ अर्ब विनियोजन

खाने तेलको मूल्य ३ महिनामै ७५ रुपैयाँ वृद्धि, किन अचाक्ली बढ्दै भाउ ? Read Next

खाने तेलको मूल्य ३ महिनामै ७५ रुपैयाँ वृद्धि, किन अचाक्ली बढ्दै भाउ ?