कोका–कोला क्यापमा कार अफर

काठमाडौं । कोका–कोला नेपालले “कोका–कोला क्यापमा कार अफर” ल्याएको छ । कोका–कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी, र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिदैँ आफ्नो सवारी अपग्रेड गर्ने अवसर प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ।

 

यो अफरमा उपभोक्ताहरुले ५०० एमएल, १.१५ लिटर र २.२५ लिटरको कोका–कोला, स्प्राईट र फ्यान्टा किनेर लक्की ड्र का लागि कन्टेस्टमा सहभागी हुन सक्नेछन् ।

 

लक्की ड्र हरेक दिन आयोजना गरिनेछ र उपभोक्ताहरुले हरेक घण्टा एलजी एलईडी टिभी र बम्पर उपहारमा टाटा टियागो गाडी जित्न सक्नेछन् ।

 

बिर्को मुनि रहेको ८ अंकको यूनिक कोड टाइप गरेर ३६७६८ मा एसएमएस गर्नुपर्ने हुन्छ । उक्त म्यासेज भेरिफाई गरेर प्रत्येक घण्टा आयोजना गरिने लक्की ड्र का लागि कम्पनीले पठाउने छ र त्यसपछि मात्र बम्पर लक्की ड्र हुने छ।

 

उपभोक्ताहरुले पुरस्कार दावी गर्न कोड प्रिन्ट भएको बोतलको बिर्को पनि राख्नुपर्नेछ ।यो योजना भदौ १४ गतेसम्म लागू हुने छ।

चाणक्य बहसः विद्रोह गर्नेहरु नै नभएपछि विकास किन गर्नु पर्‍यो Read Previous

चाणक्य बहसः विद्रोह गर्नेहरु नै नभएपछि विकास किन गर्नु पर्‍यो

कार्तिक २९ गते महासंघको विशेष साधारण सभा, नेतृत्व परिवर्तन मुख्य मुद्दा Read Next

कार्तिक २९ गते महासंघको विशेष साधारण सभा, नेतृत्व परिवर्तन मुख्य मुद्दा