काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीको वायुसेवा प्रदायक हिमालय एअरलाइन्सले तिब्बतबाट २ लाख डोज कोरोनाको खोप निःशुल्क ढुवानी गर्दिने भएको छ ।
चीन सरकारले अनुदानमा दिएको १० लाख खोपमध्ये आज नेपाल वायुसेवा निगमको जहाजले ८ लाख डोज ल्याएको छ । बाँकी रहेको २ लाख डोज खोप हिमालयले निःशुल्क ल्याइदिने भएको हो ।
कम्पनीको एयरबसले यही जेठ १८ र १९ गते गरी तिब्वतको कुनमिङ्ग शहरमा चार पटक उडान गरी ती खोपहरु ढुवानी गर्ने उसले बताएको छ ।
हिमालयका ती उडानहरुले भेरोसेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकस निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १०५ वटा खोपका बाकस बोक्नेछ ।
निःशुल्क उडानहरु मध्येका पहिलो कार्गो उडान काठमाडौंबाट सोमबार साँझ २०ः२८ बजे कुनमिङ्गतर्फ उडी मंगलबार विहान ०६ः२८ बजे त्रिभुवन अन्त्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
ती निःशुल्क कार्गो उडान सञ्चालन खर्च करीब २ करोड २५ लाख रुपैयाँ बराबरको आर्थिक योगदान पुर्याउने कम्पनीको दाबी छ ।