इन्भेष्टमेन्ट र हिमालयन बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंक संचालक समितिको सोमबार बसेको बैठकले इन्भेष्टमेन्ट र हिमालयनलाई मर्जरमा जानको लागि सैद्धान्तिक सहमति दिएको हो ।

 

नेपाल इन्भेष्टमेन्ट र हिमालयनले वैशाख ३० गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट’ रहनेछ । दुवै बैंकको तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने तथा नयाँ सञ्चालक समितिले एकजना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।

 

मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा हिमालयन बैंकका सीईओ अशोक राणा नै रहनेछन् भने डेपुटी सीईओमा इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डे रहनेछन् ।

 

मर्जर सहमति गर्नु अघि गरिएको सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रतिसेयर मूल्य १०२.५० रुपैयाँ हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको थियो । यसमा १० प्रतिशत सम्म तल माथि हुने जनाइएको थियो । सोही आधारमा बैंकहरुको स्वाप रेसियो १ः१ अनुपात हुनसक्ने जनाइएको छ ।

 

मर्जरपछि बन्ने नयाँ बैंक नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने छ । मर्जरपछि बैंकको कुल चुक्ता पूँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपैयाँ पुग्नेछ । यो हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हुनेछ । हाल चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो रहेको ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २१ अर्ब ६१ करोड रुपैयाँ छ ।

 

बैंकको जगेडा कोष २१ अर्ब ७७ करोड रुपैयाँको हुनेछ । हाल इन्भेष्टमेन्टको जगेडा कोषमा १४ अर्ब १० करोड र हिमालयनको ७ अर्ब ६७ करोड रुपैयाँ संचित छ ।

 

मर्जपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ भने कर्जा लगानी २ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ हुनेछ । तेस्रो त्रैमासको तथ्यांक अनुसार इन्भेष्टमेन्ट बैंकको निक्षेप १ खर्ब ६८ अर्ब २९ करोड र हिमालयनको १ खर्ब ४३ अर्ब ७० करोड छ। त्यस्तै, कर्जा लगानी इन्भेटमेन्टको १ खर्ब ६० अर्ब ९८ करोड र हिमालयनको १ खर्ब २७ अर्ब १४ करोड रुपैयाँ छ।

 

मर्जरपछि बैंकको शाखा संख्या १५२ वटा पुग्ने छन् । अहिले हिमालयन बैंकको ६९ वटा र इन्भेष्टमेन्ट बैंकका ८३ वटा शाखा रहेका छन् । यद्यपि, मर्जरपछि केही शाखा स्थान्तरण हुन सक्ने छन् ।

निषेधाज्ञाका बीच २ सातामा बैंकहरुले गरे १५ अर्ब कर्जा लगानी, निक्षेप १ अर्ब मात्र Read Previous

निषेधाज्ञाका बीच २ सातामा बैंकहरुले गरे १५ अर्ब कर्जा लगानी, निक्षेप १ अर्ब मात्र

इन्टरनेट सेवामा चौधरी ग्रुपको इन्ट्री, ९९९ रुपैयाँमै १२० एमबीपीएस Read Next

इन्टरनेट सेवामा चौधरी ग्रुपको इन्ट्री, ९९९ रुपैयाँमै १२० एमबीपीएस