निषेधाज्ञाका बीच २ सातामा बैंकहरुले गरे १५ अर्ब कर्जा लगानी, निक्षेप १ अर्ब मात्र

काठमाडौं । निषेधाज्ञाका कारण बैंकहरुको निक्षेप संकलन ठप्पप्रायः देखिए पनि कर्जा लगानी भने भइरहेको छ । महामारीकै बेला समग्र अर्थतन्त्र ठप्प जस्तै भए पनि यही बीचमा वाणिज्य बैंकहरुले १५ अर्ब कर्जा लगानी गरेका छन् ।

 

नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले जेठको दुईसाता (१४ गतेसम्म) १५ अर्ब कर्जा लगानी गरेका छन् । पहिलोसाता ६ अर्ब लगानी गरेका बैंकहरुले दोस्रोसाता ९ अर्ब ऋण लगानी गरेका छन् ।

निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको निक्षेप संकलन भने प्रभावित भएको छ। दुईसाताको अवधिमा बैंकहरुले समग्रमा १ अर्ब मात्र निक्षेप संकलन गरेका छन् । पहिलोसाता ६ अर्ब निक्षेप संकलन गरे पनि दोस्रोसाता ५ अर्ब निक्षेप फिर्ता लगेका छन् ।

 

हालसम्म बैंकको कुल निक्षेप ३९ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी ३६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

इन्भेष्टमेन्ट र हिमालयन बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति Read Next

इन्भेष्टमेन्ट र हिमालयन बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति