निजी क्षेत्रका प्रतिष्ठित संस्थाहरुले फ्रान्सबाट १० थान अक्सिजन जेनेरेटर ल्याउँदै

काठमाडौं । कोभिड–१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गरी बृहत नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट नेपालमा ल्याइने भएको छ ।

 

अमेरिकी नेपाल मेडिकल फाउन्डेशन, बतास फाउन्डेशन, क्रिएसन, ह्युमानिटी फाउन्डेसन नेपाल, मिसन रिबिल्ड नेपाल, जगदम्बा स्टील, र स्याकार ट्रेड कम्पनी प्रालिको संयुक्त सहकार्यमा र अन्य थुपै्र संघ-संस्थाहरुको सहयोगमा उक्त जेनेरेटर ल्याउन लागिएको हो ।

 

हालको अक्सिजन संकटको चुनौतीलाई सामना गरि नेपालको क्षमतालाई बलियो बनाउनको लागि यो कार्यको शुुरुवात गरिएको हो । कोभिड–१९ को महामारीको सम्बोधनका लागि बृहत नागरिक समाजको नेतृत्वमा गरिएको यो एक सबैभन्दा ठूलो पहल हो ।

 

कोभिड–१९ को दोश्रो लहरलेगर्दा अगिल्लो एक हप्ता मै १ हजार बढीको ज्यान गइसकेको छ । भाइरसको गम्भीरता त छँदै छ, धेरै बिरामीहरु अक्सिजनको अभावले गर्दा पनि उच्च जोखिममा छन ्। यस्तो परिस्थितिमा अक्सिजनको आवश्यकता परेको समयमा अक्सिजन सिलिण्डर मात्र नभएर अक्सिजन जेनेरेटर युनिटहरुको पनि खाँचो छ । कोभिड–१९को प्रकोप बढेकै कारण अवस्थित अक्सिजन जेनेरेटर पूरा प्रयोग मा आए तापनि अक्सिजनको अभाव अझै बढ्दो छ

 

एउटा अक्सिजन जेनेरेटरले २४ घण्टामा १५ वटा ४७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्छ । १० वटा अक्सिजन जेनेरेटरले एक मिनटमा ३७५ लिटर अक्सिजन उत्पादन गर्छ । त्यसैले १० वटा अक्सिजन जेनेरेटर युनिट स्थापना गरेमा एकदिनमा ६५० संक्रमितहरुलाई सेवा प्रदान गरी जीवन रक्षा गर्ने तथ्यांक देखिन्छ ।

 

नोभिएरको कोईएन प्रिमिएम आरएक्ष २७० अक्सिजन जेनेरेटर, नेपालको सात वटै प्रदेशमा स्थापना गरिनेछ । जेनेरेटर संचालनको लागि जुन स्थानबाट सबैभन्दा छिटो गर्न सकिन्छ त्यहाँबाट अक्सिजन उत्पादन प्रणालीको शुुरुवात गरिनेछ ।

 

अक्सिजन जेनेरेटर एकपटक हस्तान्तरण भए पश्चात तोकेको स्थानसम्म लागिसकेपछि जडानका लागि तीन दिन लाग्नेछ । अक्सिजन जेनेरेटर युनिटहरु नेपालमा आइपुग्ने क्रममा छ । यी अक्सिजन प्लान्टहरुले कोभिड– १९ को दोस्रो लहरको संकटमा तत्काल राहत प्रदान गर्नुका साथै नेपालको समग्र स्वास्थ्य प्रणालीमा सहयोग पुर्याउने छ ।

 

अक्सिजन फर नेपाल, कोभिड–१९ को दोस्रो लहरको संकटलाई सम्बोधन गर्ने सबैभन्दा ठूलो नागरिक समाज अभियान हो, जहाँ नेपाल र बिदेशमा रहेका संघ–संस्था र नागरिकहरु एउटै छातामुनि भेला भएका छन्। यस अभियानका साझेदारहरुलेतत्कालिन अक्सिजन संकटलाई समाधान गर्न नेपालको सात वटै प्रदेशमा १० वटा अक्सिजन अक्सिजन जेनेरेटर युनिटहरु स्थापना गर्नेछन्।

 

स्याकार ट्रेड कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योति भन्छन्, ‘ज्योती ग्रुप अन्तर्गत स्याकार ट्रेडिङ कम्पनी प्रालि गर्व गर्छौ कि हामी एस अक्सिजन फोर नेपाल मा अरु एनजीओ र निजी कम्पनी सँग संलग्न भएर एस महामारी को बेलामा नेपाली जनतालाई राहत दिनको लागि १० वटा अक्सिजन प्लान्ट दिने भएका छौं। एस स्याकार ट्रेडिङ कम्पनी प्रालिको सिद्धान्त मा बसेर हामी हाम्रो समुदाय,समाज र राष्ट्र को लागी परिआएको बेला सधै सहयोग गर्न प्रतिबद्ध छौं ।’

 

यस अभियानमाथि प्रकाश पार्दै, क्रिएसनका संस्थापक तथा अध्यक्ष, आनन्द मिश्रले भन्छन्, “सानो सानो हातेमालोबाट सुरु भएको यो अभियानले आँटे जत्रो व्यापक चुनौती पनि सामना गर्न सकिन्छ भन्ने महत्वपूर्ण पाठ दिएको छ । सरकारी निकायको मुख ताकेर किंकर्तव्यविमूढ बस्नुभन्दा निजी साझेदारीमा ठोस परिवर्तनवाहक बन्न हामी हरेक सक्षम रहेछौ । सबैको ऐक्यवद्धताले नै यो अभियान सफल भएकाले म सबै संस्था तथा व्यक्तिहरू, विशेष गरेर कोभिड अलायन्स फर नेपाल र सी–१९ आर एटीलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

व्यवसाय पुनरूत्थान र लगानी विस्तारका अधिकांश कार्यक्रम बजेटले समेटेको छ :  महासंघ Read Previous

व्यवसाय पुनरूत्थान र लगानी विस्तारका अधिकांश कार्यक्रम बजेटले समेटेको छ : महासंघ

कोरोनाको भ्याक्सिन लगाउनेलाई सरकारले साढे ११ करोड पुरस्कार दिने ! Read Next

कोरोनाको भ्याक्सिन लगाउनेलाई सरकारले साढे ११ करोड पुरस्कार दिने !