गण्डकी विकास बैंकको खुद नाफा २५% ले बढ्यो, वितरण योग्य नाफा ४७ करोड

काठमाडौं । गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा २४.८७% ले बढाएको छ। बैंकले गत वर्षको चौंथो त्रैमाससम्ममा ६० करोड ३७ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आवमा बैंकले ४८ करोड ३५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

 

बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ६३ लाख रुपैयाँ रहेको छ। यसबाट बैंकले आफ्ना शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्नसक्छ।

 

गत वर्ष गण्डकीले २९ अर्ब ९२ करोड ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

 

यसबाट बैंकले एक अर्ब ३१ करोड ७८ लाख खुद ब्याज आम्दानी र ८६ करोड २५ लाख सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा बैंककोे निक्षेप २७, कर्जा २९, खुद ब्याज आम्दानी २६ र सञ्चालन मुनाफा साढे २३ प्रतिशतले सुधार भएको छ ।

 

विकास बैंकहरुमा राम्रो बैंकमा गनिने गण्डकीको चुक्ता पूँजी २ अर्ब ७५ करोड छ । बैंकको प्रतिसेयर आम्दानी ४.३८ रुपैयाँले बढेर २१.९६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४४.६९ रुपैयाँ रहेको छ ।

बैंकिङ कसुर लागेका कर्णालीका भौतिकमन्त्री बर्खास्त Read Previous

बैंकिङ कसुर लागेका कर्णालीका भौतिकमन्त्री बर्खास्त

प्रिमियर इन्स्योरेन्सको खुद नाफा साढे ७ करोडले बढ्यो Read Next

प्रिमियर इन्स्योरेन्सको खुद नाफा साढे ७ करोडले बढ्यो