काठमाडौं । प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ७ करोड ७७ लाख रुपैयाँले नाफा बढाएको छ । प्रिमियरले आर्थिक वर्ष २०७५/७६ को चौंथो त्रैमाससम्ममा २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा इन्स्योरेन्सले ८० करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ८१ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट २० करोड ५० लाख, लगानी कर्जा तथा अन्य आयबाट ९ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधि सम्ममा इन्स्योरेन्सले एक लाख ८९ हजार १५६ बीमालेख जारी गरी एक अर्ब ६४ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।
७ हजार १२ दाबी वापत ९९ करोड ८७ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने ४ हजार ८५३ दाबी वापत एक अर्ब ९३ करोड ६१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। यस अवधिमा इन्स्योरेन्सको ७ हजार १९७ बीमालेख नविकरण भएका छन्।
चुक्ता पूँजी एक अर्ब ७ करोड रुपैंया रहेको इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड ७३ लाख रुपैयाँ, बीमा कोषमा ४८ करोड ६४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ४४ लाख रुपैयाँ सञ्चित छ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २२.८६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४.०५ रुपैयाँ छ ।