सुर्खेत। कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन्। कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९९२० को खण्ड (ख) बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए।
मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा उच्च अदालत पाटनले पक्राउको आदेश दिएपछि उनलाई पदमुक्त गरिएको हो। रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाही आफैंले सम्हालेको बुढाथोकीले जानकारी दिए।उच्च अदालतले मन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो।रासस