एनआइसी एशियाको कमाल : खुद नाफा १२९% ले बढ्यो, वितरण योग्य नाफा २ अर्ब १५ करोड

काठमाडौं। पछल्लो समय आक्रामक रुपमा शाखा र कारोबार विस्तार गर्दा गर्दै लगेको एनआइसी एशिया बैंक खुद नाफामा पनि ऐतिहासिक छलाङ मारेको छ ।

 

 

बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक विवरण अनुसार खुद नाफामा १२९.३२% ले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

 

 

यो अघिल्लो वर्षको तुलनामा १ अर्ब ७२ करोडले बढी हो । बैंकले अछिल्लो आर्थिक वर्षमा १ अर्ब ३३ करोड खुद नाफा कमाएको थियो ।

 

 

बैंकको वितरण योग्य नाफा २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । बैंकले कुल आम्दानी ७७ प्रतिशतले बढाएर ९ अर्ब ५१ करोड आर्जन गरेको छ। यस अवधिमा खुद ब्याज आय ६५ प्रतिशत अर्थात् २ अर्ब ७५ करोडले वृद्धि गरी ६ अर्ब ६९ करोड पुर्याएको छ। सञ्चालन मुनाफा पनि १३९% अर्थात् २ अर्ब ६६ करोडले वृद्धि गरी ४ अर्ब ५८ करोड पुगेको छ ।

 

बैंकले निक्षेप संकलन २९ अर्ब ३६ करोडले बढाएर १ खर्ब ८० अर्ब ५८ करोड पुर्याएको छ भने कर्जा परिचालन २९ अर्ब ५४ करोडले बढाएर १ खर्ब ५० अर्ब पुर्याएको छ ।

 

बैंकको जगेडा कोषमा ३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । बैंकले प्रतिसेयर आम्दानी १७.९४ रुपैयाँले बढाएर ३४.५६ रुपैयाँ पुर्याएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ रहेको छ ।

यूरोपमा घरकर्जा लिनेलाई व्याज दिन सुरु, विश्वब्यापी आर्थिक मन्दीको संकेत Read Previous

यूरोपमा घरकर्जा लिनेलाई व्याज दिन सुरु, विश्वब्यापी आर्थिक मन्दीको संकेत

बैंकिङ कसुर लागेका कर्णालीका भौतिकमन्त्री बर्खास्त Read Next

बैंकिङ कसुर लागेका कर्णालीका भौतिकमन्त्री बर्खास्त