काठमाडौं । सरकारले उद्योगहरुले प्रयोग गर्ने पेट्रोलियम पदार्थको भ्याट क्रेडिट सुविधा पुन लागू गर्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेका हुन् ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्यमीले बदमासी गर्दै सुविधा लिएको भन्दै हटाएको भ्याट क्रेडिट सुविधा पौडेलले पुनर्स्थापित गरेका हुन् ।
निजी क्षेत्रले उक्त सुविधा कायमै राख्न आग्रह गरेपनि खतिवडाले त्यसको व्यवस्था गर्दै उक्त सुविधा खारेज गरिदिएका थिए ।