काठमाडौं । स्टार्टअप व्यवसाय गर्ने युवाहरुले परियोजना धितो राखि ऋण पाउने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
युवा उद्यमीलाई स्टार्टअप व्यवसायका लागि परियोजना धितो राखि १ प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म बीउ पूँजी कर्जा लिन सक्ने अर्थमन्त्री पौडेलले बताए ।
साथै स्टार्टअप व्यवसायको दर्ता तथा नवीकरण निःशुल्क उपलब्ध गराइने व्यवस्था गराइने उनले बताए ।
यस्तै वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण गरिने उनको भनाइ छ । यसका लागि मन्त्रालयले १ अर्ब रुपैयाँको च्यालेन्ज फन्ड समेत स्थापना गरेको छ ।