काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले बढाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
वृद्धि गरिएको तलब आगामी साउन १ गतेदेखि लागू हुने उनले बताए । यस्तै, महङ्गी भत्तालाई पनि निरन्तरता दिइएको छ ।
यस्तै कर्मचारीहरुको १० लाख दुर्घटना बीमा र १ लाखको स्वास्थ्य बीमा प्रिमियम पनि सरकारले तिरिदिने उनले घोषणा गरे ।