काठमाडौं । सरकारले आधादर्जन बढी रेलमार्ग निर्माण तथा अध्ययनका लागि १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
पूर्वपश्चिम रेलमार्गसहित, जनकपुर–जयनगर, काँकडभिट्टा–इनरुवा–विराटनगर रेलमार्ग निजगढबाट हेटौंडा हुँदै नवलपरासीसम्म लगायत आयोजनाका लागि उक्त रकम विनियोजन गरेको हो ।