काठमाडौं । सरकारले काठमाडौंको तिनकुने जडीबुटी खण्डमा सुरुङ बनाउन १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
यस्तै, नागढुंगा सुरुङमार्ग निर्माणका लागि ९ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ ।