बजेटको आकार १.७३ खर्ब बढ्यो, आगामी वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि चालू आर्थिक वर्षकोभन्दा १ खर्ब ७३ अर्ब ठूलो आकारको बजेट ल्याएको छ ।

 

चौतर्फी विरोधका बीच सरकारले उक्त रकमको पूर्ण बजेट ल्याएको हो । संसद विघटन भई काम चलाउ अवस्थामा रहेको सरकारले पूर्ण बजेट ल्याउन नपाउने भए पनि बलमिच्याइँ गरेर पूर्ण बजेट ल्याएको हो ।

 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आगामी वर्षको कुल बजे १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । यो चालू आवकोभन्दा १ अर्ब ७३ करोड धेरै हो । चालू आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याइएको थियो ।

 

सरकारले यस वर्ष केन्द्र सरकार र तल्लो तहमा जाने रकम छुट्टाछुट्टै विनियोजन गरेको छ । केन्द्र सरकारका लागि आगामी वर्ष चालू खर्च शीर्षकमा ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, पूँजीगत खर्चका लागि ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

 

यस्तै, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ । तल्लो तहमा जाने अनुदान भने ३ खर्ब ८६ अर्ब ७१ करोड रहेको छ ।

 

सरकारले आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यस्तै, ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान, ३ खर्ब ९ अर्ब विदेशी ऋण लिने र २ खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

 

यस्तो छ बजेटको पूर्णपाठ

 

सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो Read Previous

सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो

दुवाकोटमा बन्ने वीर अस्पताल राष्ट्रिय गौरवको आयोजनामा समावेश, मनोहरा करिडोर ४ लेनको बनाइने Read Next

दुवाकोटमा बन्ने वीर अस्पताल राष्ट्रिय गौरवको आयोजनामा समावेश, मनोहरा करिडोर ४ लेनको बनाइने