काठमाडौं । निषेधाज्ञा अवधिभर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट पाइने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
निषेधाज्ञा अवधिभर यी दुई सरकारी संस्थाबाट चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने उनले जानकारी दिए ।