काठमाडौं । अब शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण पाइने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
स्नातक तहभन्दा माथि अध्ययन गर्नेले यस्तो ऋण पाउने अर्थमन्त्री पौडेलले बताए । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ ।