जेठ १८ देखि चीनसहित ३ देशमा नियमित उडान हुने

काठमाडौं । सरकारले यही जेठ १८ गतेदेखि चीनसहित ३ देशमा नियमित अन्तर्राष्ट्रिय उडान खोल्ने भएको छ ।

 

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो ।

 

अब यी तीनै देशमा सातामा एक/एक वटा नियमित उडान हुनेछ । अहिले भारतमा सातामा दुई उडान नियमित रूपमा भइरहेको छ ।

 

सरकारले वैशाख २३ गतेदेखि भारत बाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

अर्घाखाँची सिमेन्टद्धारा स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण Read Previous

अर्घाखाँची सिमेन्टद्धारा स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण

मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श शुरु Read Next

मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श शुरु