अर्घाखाँची सिमेन्टद्धारा स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण

काठमाडौं । देशकै सबैभन्दा ठूलो र उत्कृष्ट मध्यको एक अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले सियारी गाँउपालिका वडा नं.–२ मैनहियामा निर्मित मैनहिया स्वास्थ्यचौकी भवनको उद्घाटन गरेको छ ।

 

उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले समुद्घाटन गरे ।

 

अर्घाखाँची सिमेन्टले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । उक्त भवन निर्माण गर्न ७० लाख रुपैयाँ खर्च भएको छ ।

 

अर्घाखाँची सिमेन्टका निर्देशक अग्रवालले भने ‘मैनहिया गाउँपालिकाका जनसमुदायहरुलाई पहिले स्वास्थ्यचौकी आफ्नोघरबाट धेरै टाढा भएकाले समस्याउत्पन्नभएको थियो तर अहिले मैनहियागाउँपालिकाकोजनसमुदायको हितमा निर्माण गरिएको सबैको लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्यचौकी भवनले अत्यन्तै सहज बनाउ छ भन्ने हामीले आशा राखेको छौँ । हामीले यो भवन जनहित र सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेका हौ ।’

 

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले भने, ‘सम्पूर्ण जनमानसको लागि गरिएको यो प्रशंसनिय कार्यको लागि हामी अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं । बढीरहेको यस कोभिड-१९ को नियन्त्रण र मैनहिया गाँउपालिकाको जनहितको लागि यो स्वास्थ्य चौकीलाई व्यवस्थित गरिनेछ । उक्त स्वास्थ्यचौकीमा ब्लड प्रेसर नापनगर्ने, एक्स रे लिने र चिकित्सकद्वारा परमर्श लिने जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेकाले यो एक सुसम्पन्न स्वास्थ्यचौकीको रुपमारहेको छ ।’

 

अर्घाखाँची सिमेन्टले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वकार्यहरु गर्दै आइरहेको छ । कम्पनीले मैनहिया गाँउपालिकाका विद्यालयलाई पठन पाठनका लागि साम्रगी वितरणका साथसाथै विगतमा पनि स्थानीय निकायलाई शिक्षा, सरसफाई, खाना र सडक निर्माणमा सहयोग पुराउँदै आइरहेको छ ।

 

गतवर्ष यस कम्पनीले लुम्बिनी प्रान्तीय सरकारले बनाएको कोरोना भाइरस रोकथाम र उपचार कोषका लागि ५१ लाख विनियोजन गरेको थियो । सियारी गाँउपालिकालाई २ लाख नगद र पाल्पा जिल्लाको तिनाउँ र माँछागढी ग्रामीण नगरपालिका जहाँ कम्पनीको चूना ढुङ्गाखानी अवस्थित छ । त्यसमा २० लाखको राहत सामग्री वितरण गरेको थियो ।

सुनकोशीको बाढीले बगायो निर्माणाधीन मोटेरेबल पुल Read Previous

सुनकोशीको बाढीले बगायो निर्माणाधीन मोटेरेबल पुल

जेठ १८ देखि चीनसहित ३ देशमा नियमित उडान हुने Read Next

जेठ १८ देखि चीनसहित ३ देशमा नियमित उडान हुने