विभिन्न अस्पताललाई प्राइम बैंकले दियो अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री

काठमाडौं । प्राइम कमर्शियल बैंकले कोरोना उपचारका लागि विभिन्न अस्पतालहरुलाई अक्सिजन सिलिण्डर र नगद सहयोग गरेको छ ।

 

विरामीहरुको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै बैंकले सुदूर पश्चिमको सेती प्रादेशिक अस्पताललाई ६० थान र महाकाली अस्पताललाई ४० थान अक्सिजन अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

 

यस्तै, बैंकले वीर अस्पताललाई करिब ३० लाख रुपैयाँ बराबरको पीपीई सेट, पोर्टेबल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगाएत विभिन्न स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।

 

बैंकले कोभिड­१९ विरुद्घको लडाईमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने जनाएको छ ।

नागढुङ्गा सुरुङमार्ग निर्माणमा खटिएका ३०० बढी कामदार घर फर्किए, काम सुस्त हुँदै Read Previous

नागढुङ्गा सुरुङमार्ग निर्माणमा खटिएका ३०० बढी कामदार घर फर्किए, काम सुस्त हुँदै

क्षेत्रीय बजारमा बिजुली विक्रीको अनुमति दिन निजी क्षेत्रको माग Read Next

क्षेत्रीय बजारमा बिजुली विक्रीको अनुमति दिन निजी क्षेत्रको माग