धमाधम आन्तरिक ऋण उठाउँदै सरकार, २ अर्बको बचतपत्र विक्री खुला

काठमाडौं । सरकारले धमाधम आन्तरिक ऋण उठाउन थालेको छ । यसैक्रममा, नेपाल राष्ट्र बैंकले आजदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८३’ विक्री खुला गरेको छ ।

 

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले उक्त बचतपत्र विक्री गर्न लागेको हो । यस बचतपत्रमा लगानी गर्नेले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन् भने ब्याजकर पनि लाग्ने छैन ।

 

सर्वसाधारणले घटीमा १० हजार र बढीमा निष्कासित रकमसम्म १० हजारले भाग गर्दा निषेश भाग जाने गरी लगानी गर्नुपर्ने हुन्छ ।उक्त बचतपत्र धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा पनि लिने सकिने राष्ट्र बैंकको जनाएको छ ।

 

उक्त बचतपत्रमा असार १ गतेसम्म आवेदन दिन सकिने छ । उक्त बचतपत्रको सावाँ भुक्तानी २०८३ असार ६ गते हुनेछ ।

 

अब देशभरका यी ७६ अस्पतालमा कोरोनाको उपचार निःशुल्क हुने Read Previous

अब देशभरका यी ७६ अस्पतालमा कोरोनाको उपचार निःशुल्क हुने

जमिनमा निषेधाज्ञा लागू भएपछि विमान चार्टर्ड गरेर आकामै बिहे ! Read Next

जमिनमा निषेधाज्ञा लागू भएपछि विमान चार्टर्ड गरेर आकामै बिहे !