अब देशभरका यी ७६ अस्पतालमा कोरोनाको उपचार निःशुल्क हुने

काठमाडौं । विपन्न नागरिक कोरोना संक्रमितको निःशुल्क उपचार गर्न कोभिड १९ केयर युनिट संचालन गर्ने अस्पतालको संख्या ७६ पुगेका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले ७६ वटा निजी तथा मेडिकल कलेजहरुसँग विपन्न नागरिक कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको हो।

 

ती अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तिर्न नसक्ने भएमा बिरामीहरुको उपचार बापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्नेछ ।

 

आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आइसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।

 

मन्त्रालयसँग सम्झौता गरेका ७६ अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ । सरकारी अस्पताल तथा केही मेडिकल कलेजहरुमा यसअघि नै कोरोना संक्रमितको निःशुल्क उपचार हुँदै आएको छ।

 

यी हुन् विपन्न नागरिकले निःशुल्क उपचार पाउने देशभरका अस्पतालहरु

 

 

आइएमई ग्रुपको डेढ अर्ब लगानीमा मौलाकालिका केबलकार निर्माण शुरु, १ वर्षभित्र बन्ने Read Previous

आइएमई ग्रुपको डेढ अर्ब लगानीमा मौलाकालिका केबलकार निर्माण शुरु, १ वर्षभित्र बन्ने

धमाधम आन्तरिक ऋण उठाउँदै सरकार, २ अर्बको बचतपत्र विक्री खुला Read Next

धमाधम आन्तरिक ऋण उठाउँदै सरकार, २ अर्बको बचतपत्र विक्री खुला