राइड सेयरिङ इजी ट्याक्सीको निःशुल्क शिक्षा र राहत कार्यक्रम घोषणा

काठमाडौं । राइड सेयरिङ कम्पनी इजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजगार व्यवसायी तथा ट्याक्सी चालक मजदूरहरुको परिवारको लागि निःशुल्क शिक्षा सामाग्री तथा राहत कार्यक्रमको घोषणा गरेको छ ।

 

दोस्रो एम्बुलेन्सको रुपमा काम गरिरहेका उपत्यकामा सञ्चालनमा रहेका ट्याक्सीहरुको व्यवसायाय व्यवस्थित र मर्यादित तथा समय सापेक्षरुपमा सञ्चालन गर्नको लागि सक्रिय रहेको यस इजि ट्याक्सीले अहिलेको अवस्थामा राहत कार्यक्रम ल्याएको हो ।

 

कोरोनाभाइरसको महामारीले यो व्यवसाय हालको समयमा उठ्न नसक्ने गरि एकदमै धरासायी अवस्थामा पुगेको छ । यस्तो अवस्था हुँदाहुँदै केहि हाम्रा मिहिनेती स्वरोजगार तथा मजदूर चालक साथीहरुको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

 

यस दुखद घडीमा उद्देश्यले परिवारको एकजना बालबालिकालाई दश कक्षासम्मको पढाई खर्च व्यहोरी सहयोग गर्ने इजी ट्याक्सी नेपालका सञ्चालक संजीत पौडेलले बताए । कोही बालबालिका शिक्षाबाट बन्चित हुन नपरोस भन्नको लागि यस प्रकारको सहयोग गरिएको उनले बताए ।

 

उनले भने, ‘यस कोरोना महामारीले गर्दा आफ्नो दैनिक जिवनयापन गर्न समस्या परेकाहरुका लागि सहयोग पुर्याउने उद्धेश्यले कोरोना राहत कार्यक्रम पनि सञ्चालन गरिएको छ । यस प्रकारको सेवा लिनको लागि इजी ट्याक्सी नेपालको वेबसाइटमा गएर नाम ठेगाना, फोन नम्बर राख्नुपर्ने हुन्छ ।’

 

‘यस कोरोना महामारी हामी सबैको साझा चुनौती हो हामी सबै मिलि आपसी सहयोगको भावनाले आफूले सक्नेसम्मको सहयोग गर्ने हो । त्यही हिसाबले हामीले ट्याक्सी चालक परिवारहरुलाई केहि सहयोगहोस भनेर राहत घोषणा गरेका हौं,’ उनले भने ।

 

इजी ट्याक्सी नेपालले यस भन्दा अगाडी पनि चालकहरुको कोरोना बीमा, सवारी साधनको बीमामा छुटको व्यवस्था, मृतक चालकको परिवारलाई आर्थिक सहयोग लगायत अन्य थुप्रै राहत तथा आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

आगामी दिनहरुमा काठमाडौं महाानगरपालिका विभिन्न सरोकारबाला निकाय संघ संस्था तथा विभिन्न संगठनसँग मिलेर यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका साथै अन कल तथा अनलाइनको माध्यमबाट सेवा सञ्चालन गर्नेगरि काम गरिरहेको छ ।

 

यस व्यवसायमा आबद्ध रहेका स्वरोजगार तथा मजदूर चालकहरुलाई सामाजिक सुरक्षा कोषको अवधारणामा सामेल गराई राज्यले प्रदान गर्ने सुबिधा समेत ग्यारेन्टी गराउनेतर्फ इजी ट्याक्सी नेपाल लागिरहेको अवगत गराउँदछौं ।

थप १२ वटा अस्पतालमा अक्सिजन प्लान्ट बनाउन अर्थले दियो ८ करोड Read Previous

थप १२ वटा अस्पतालमा अक्सिजन प्लान्ट बनाउन अर्थले दियो ८ करोड

प्रभु बैंकको ४ अर्बको ऋणपत्र विक्री खुल्यो, ३/३ महिनामा ब्याज पाइने Read Next

प्रभु बैंकको ४ अर्बको ऋणपत्र विक्री खुल्यो, ३/३ महिनामा ब्याज पाइने