थप १२ वटा अस्पतालमा अक्सिजन प्लान्ट बनाउन अर्थले दियो ८ करोड

काठमाडौं । सरकारले थप १२ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि ८ करोड १० लाख रुपैयाँ दिने भएको छ ।

 

स्वास्थ्य मनत्रालयको माग अनुसार अर्थ मन्त्रालयले सोमबार त्रिवि शिक्षण अस्पतालसहित १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो आइतबार यी अस्पतालमा रकम पठाउन सहमति माग गर्दे अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो ।

 

मन्त्रालयले त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारा, जिल्ला अस्पताल दैलेख, जिल्ला अस्पाताल धनकुटा, जिल्ला अस्पताल जलेश्वर र जिल्ला अस्पताल इलामलाई समान ७५७५ लाख रुपैयाँ दिने भएको हो ।

 

यसैगरी, जिल्ला अस्पताल संखुवासभालाई ८० लाख, रामेछाप अस्पतालका लागि ७५ लाख, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख, टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख र व्यास अस्पतालका लागि २५ रुपैयाँ रहेको छ ।

 

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले विभिन्न समयमा स्रोत सुनिश्चित गर्दै आएको बताएको छ ।

 

यस अघि १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू जडानका लागि १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति भएको थियो ।

सेयर बजारले एकैदिन बनायो तेहोरो कीर्तिमान Read Previous

सेयर बजारले एकैदिन बनायो तेहोरो कीर्तिमान

राइड सेयरिङ इजी ट्याक्सीको निःशुल्क शिक्षा र राहत कार्यक्रम घोषणा Read Next

राइड सेयरिङ इजी ट्याक्सीको निःशुल्क शिक्षा र राहत कार्यक्रम घोषणा