टाटा योद्धाको सहकार्यमा सिटी कार्गोको निःशुल्क अक्सिजन डेलिभरी सेवा

काठमाडौं । कोभिड १९ को बढ्दै गएको सन्क्रमणले आक्रान्त पारिरहेको बेलामा विरामीको उपचारमा अक्सिजनको धेरै खपत हुन थालेपछि व्यापक माग बढीरहेको छ । सो अभावलाई कम गर्न र उपयुक्त सामाग्री प्रदान गर्न विभिन्न सरकारी निकाय, निजी क्षेत्र तथा विभिन्न संघ संस्थाबाट सहयोग जुट्दै छन् ।

 

अक्सिजन सिलिन्डरको मागलाई सहज गर्ने उद्देश्यका साथ उपाय सिटी कार्गोले निःशुल्क दुवानी सेवा दिइरहेको छ । निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार पोसार गर्न सर्वसाधारण तथा केही संस्थाहरुलाई निक्कै समस्या पारीरहेको थाहा पाएपछि उपाय सिटी कार्गोका कर्मचारी र यस संस्थासँग आबद्ध टाटा योद्धा र टाटा एसका सवारीधनीहरु मिलेर हाल काठमाडौं, पोखरा तथा बुटवल–भैरहवामा निःशुल्क सेवा दिँदै आएका छन ।

 

उपाय सिटी कार्गोका चिफ अपरेटिङ अफिसर (सीओओ) अमिगो खड्का भन्छन्, “हामीले हाल मे २३ सम्म ५१२ भन्दा बढी अक्सिजन सिलिन्डरहरु डेलिभर गरिसकेका छौं । हाम्रो उपाय सिटी कार्गोको सन्जालमा आबद्ध यस घडीमा पनि अग्रपन्थीमा डटेर अत्यावश्यक सामाग्रीहरु दुवानी गर्दै गर्नुभएका मध्ये २० जना टाटा गाडीका सवारीधनीहरुले सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै दुवानी सेवा दिइरहनु भएका छन । हामी प्रार्थना गर्दछौं कि तपाईं वा तपाईंको परिवारमा त्यस्तो कुनै समस्या नआओस, तर परिस्थितीवश अक्सिजन सिलिन्डर दुवानी गर्नुपर्ने अवस्था आएमा हामी छौं भनेर जानकारी दिन चाहन्छौं ।“

 

आपतको यो बेला सम्पर्क गर्न सजिलो होस् भनेर ९८८१०९८८३० र ९८८१०९८८८० मा फोन गर्न सकिनेछ । यो सेवा २४ घन्टा नै उपलब्ध छ । उपाय सिटी कार्गो सम्बन्धी थप जानकारी चाहिएमा दिईएको वेबसाइटबाट लिन सकिनेछ ।

एचआइडीसीएलले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति Read Previous

एचआइडीसीएलले पायो १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति

अस्पताल जान गाडी पाइएन ? यी नम्बरमा फोन गर्नुस्, ट्याक्सी घरमै आएर निःशुल्क लगिदिन्छ Read Next

अस्पताल जान गाडी पाइएन ? यी नम्बरमा फोन गर्नुस्, ट्याक्सी घरमै आएर निःशुल्क लगिदिन्छ